Tue. Mar 18th, 2025

दामन घटनामा ज्यान गुमाएकालाई क्षतिपूर्ति दिन केरलाका मुख्यमन्त्रीको माग

१४ माघ , नयाँदिल्ली –

भारतको दक्षिणी राज्य केरलाको सरकारले मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ जना भारतीय नागरिकहरुको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन माग गरेका छन् । उनले केन्द्र सरकारबाट तत्काल आवश्यक पहल थाल्न विदेश मन्त्री एस जयंशकरलाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन् ।

नेपाल सरकारलाई पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनका लागि समेत आग्रह गर्छौं,’ मुख्यमन्त्री विजयनले विदेशमन्त्री जयशंकरलाई लेखेको चिठी उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । त्यसैगरी उनले घटनाको विस्तृत छानबिनको समेत माग गरेका छन् । ‘उनीहरुको असामयिक निधनले परिवारलाई अत्यन्त ठूलो चोट पुगेको छ । झट्ट हेर्दा यो घटनामा प्रस्ट रुपमा सेवा प्रदायक रिसोर्ट लापर्वाही र नियमनकारी निकायको कमजोरी देखिन्छ,’ मुख्यमन्त्री विजयनले भनेका छन् । गत मंगलबार एभरेस्ट पानोरमा रिसोर्टमा बसेका दुई परिवारका चार नाबालकसहित आठ सदस्यले ज्यान गुमाएका थिए । ती सबै जना भारतको दक्षिण राज्य केरलाको थिरुवनान्तथापुरम र कोजिकोडे जिल्लाका थिए ।

२०७६ माघ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: