Mon. Nov 25th, 2024

अनियमितता गर्दै धादिङबेसीका जस्ता पसललेहरु

धादिङ – जस्तापाता विक्री वितरणमा व्यापारीहरुले अनियमितता गरिरहेको भन्ने जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले सदरमुकाममा सञ्चालित जस्ता पसलहरुमा अनुगमन गरेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि ग्रामीण क्षेत्रका सवैजसो घरहरु पुर्ण रुपमा भत्किएको र बर्खाअगावै घर निर्माण गर्नको लागि जस्तापाताको माग अत्याधिक भएपछि बजारमा व्यापारीहरुले जस्तापाताको विक्रीमा अनियमितता गरिरहेको जनगुनासो आउन थालेको थियो ।

जिल्ला प्रशासन कार्यलय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन अधिकृत नन्दलाल शर्माको नेतृत्वमा सोमबार पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यापारीहरुले पनि भुकम्प पछि जस्ताको कारोबार त बढेको तर बजारमा माग अनुसारको आपुर्ति गर्न नसकिएको जानकारी दिएका थिए ।

 

जिल्ला प्रशासन कार्यलय धादिङले भने सदरमुकाममा सञ्चालित हार्डवयर पसलहरुमा अनुगमन गरी भुकम्प अघिको कारोवार र भुकम्प पछिको कारोवार तथा विलहरु संलकन गरेको छ । अहिले सवै पसलहरुको कारोबार र खरिद विक्रीका विलहरु संकलन गरेको र त्यसको अध्ययनपछि मात्रै छौ । यसको विस्तृत अध्ययन पछि मात्रै बढि रुपैयामा बेचिएको पाइएमा त्यस्ता ब्यापारिहरुलाइ कारबाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले बताउनुभयो ।

अधिंकाश व्यापारीहरुले दिनुहँ २ सय देखि ४ सय बण्डलसम्म जस्तापाता विक्री गरिरहेको भएपनि अनुगमन टोलीलाई भने भुकम्प पछि अहिलेसम्म माग भए अनुसारको जस्तापाता विक्री गर्न नपाएको भनेर ढाँटेका थिए । धादिङवेशी सदरमुकाममा मात्रै १ दर्जन भन्दा बढि हार्डवेयर पसलहरु सञ्चालनमा छन भने प्रत्येक पसलबाट अहिले दिनहुँ २ सय देखि ४ सय बण्डलसम्म जस्तापाता विक्री हुदै आएको छ तर अनुगमनमा आएका सरकारी अधिकारीहरुलाई भने अहिलेसम्म १ २ टिप मात्रै नया जस्ता ल्याएको र बाँकी सवै पुरानो स्टक जस्ता बेचिरहेको भनेर झुक्याएका छन् ।

About The Author

अन्य समाचारहरु: