Tue. Mar 18th, 2025

धादिङ समाज कोरियाको अध्यक्षमा मनोज थापा चयन


१२ माघ, धादिङ

प्रवासी धादिङेहरुको कोरियाली मित्र संजाल तथा सुख दुःखको चौतारी धादिङ समाज कोरियाको अध्यक्षमा मनोज थापा चयन भएका छन् । कोरियाको राजधानी सियोल स्थित आगमन रेस्टुरेन्टको सभा हलमा सम्पन्न सातौँ अधिबेशनले आगामी नयाँ कार्यकालका लागि थापा अध्यक्ष रहने गरी नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अजित बहादुर घले, उपाध्यक्ष राजेन्द्र गौतम, दिनेश रिजाल र धुब्र थापा, महासचिवमा सुबास सिम्खडा, सचिव शम्भु अधिकारी र हरी बिडारी, कोषाध्यक्ष आशा ब. गुरुङ, सह–कोषाध्यक्ष राम प्र. प्याकुरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अमर बहादुर घले, सुरेन्द्र इटनीलाई छनौट गरेको छ । भेलामा नव निर्वाचित कार्यसमितिले तीन सदस्य मनोनित गर्ने गरी १५ सदस्यिय कार्यसमिति बनाउने निर्णय पनि गरिएको छ ।

धादिङ समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको संरक्षक तथा निवर्तमान एनआरएनए कोरियाका आइसीसी प्रतिनिधी प्रकाश धमला को प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष सन्तोष अधिकारीले आफ्नो टिमले यो कार्यकालमा सँधै सबैले गर्ने भन्दा अलि फरक किसिमको कार्यक्रमहरु संचालन गरी संस्थालाई चिनाउने काम गरेको भन्दै आगामी टिमलाई अझै फरक किसिमका उल्लेखनिय कार्य सम्पादन गर्दै संस्थाको उचाई र प्रसंशा बढाउन अनुरोध पनि गरेका छन् । अधिबेशनको बन्द सत्रमा कोषाध्यक्ष सुबास सिम्खडाले दुई करोड वन भन्दा माथिको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसै कार्यक्रममा कोरियामा आफ्नो बैधानिक कार्य समय अन्त्य गर्दै मातृभूमि जाँदै गरेका निवर्तमान महासचिव प्रेम गुरुङ र सचिव राम आचार्यलाई सम्मान तथा बिदाई पनि गरिएको थियो ।

संस्थाले जिल्लागत र समग्र नेपाल तथा कोरियामा बिभिन्न किसिमका सामाजिक कृयाकलाममा संलग्न तथा कृयाशिल रहँदै आईरेहेको छ भने यसले जिल्लाको सदरमुकाममा सुबिधा सम्पन्न अपांग मैत्री सार्बजनिक शौचालय निर्माण गर्नुको साथै ग्रामिण क्षेत्रलाई मन्ध्यनजर गर्दै एम्बुलेन्स संचालनमा पनि ल्याएको छ ।

२०७६ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: