
८ माघ , काठमाडौ –
राजधानीमा जारी एनभीए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
नेपाल भलिबल संघ एनभीए को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही दश हजार रुपैयाँ पाउनेछन् ।
२०७६ माघ ८ गते प्रकाशित