Tue. Mar 11th, 2025

आर्मी र नयाँबजार क्वाटरफाइनलमा

५ माघ , काठमाडौ –

विभागीय टोली त्रिभुवन आर्मी क्लब र नयाँबजार सामाजिक युथ क्लब शनिबार पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन् । समूह ‘ए’ मा नयाँबजारले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हराएपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

आरजीले पहिलो खेलमा शुक्रबार आर्मीसँग पराजय बेहोरेको थियो । समूहको विजेताको टुंगो भने आर्मी र नयाँबजारबीचको खेलबाट लाग्नेछ । नयाँबजारले आरजीमाथि २५–२०, २५–१६, २५–१८ को सेटमा जित पाएको हो । दिनको दोस्रो खेलमा समूह ‘सी’ को खेलमा नेपाल पुलिसले पार्वती भलिबल क्लबबाट वाकओभर पाएको छ ।

महिलातर्फ एपीएफ र त्रिभुवन आर्मीले आ–आफ्नो खेल जितेका छन् । समूह ‘ए’ मा आफ्नो पहिलो खेलेको एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । एपीएएफले २५–४, २५–८, २५–८ को नतिजा निकालेको हो । समूह ‘ए’ मै आर्मीले भरतपुर महानगर खेलकुद परिषद् ९बीएमसी० लाई ३–० सेटले हरायो । आर्मीले २५–८, २५–२०, २५–१० को सोझो सेटमा जित पाएको हो ।

२०७६ माघ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: