२५ पुस, काठमाडौँ
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मीनराज कंडेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल र कर्णाली प्रदेशको सञ्चालकमा टिका बुढाथोकी पनि निर्विरोध निर्वाचित भएका हुने ।
उपाध्यक्ष पदमा डिल्ली तिवारी, दक्ष पौडेल र रमेश पोख्रेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजक पदमा धर्मदत्त देवकोटा र रविन्द्र के।सी।को उम्मेदवारी परेको छ । महासंघको कुल २५ पदका लागि ८० वटा मनोनयन पत्र दर्ता भएको छ ।
२०७६ पुस २५ गते प्रकाशित