Tue. Mar 11th, 2025

मलेसियन टिम आउँदै

२३ पुस , इटहरी –

सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल लिग ९एमएमएल० एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको टिम आउने भएको छ । बिहिबार दिउँसो मलेसियन टोली नेपाल आइपुग्दै छ । मलेसियाले पहिलो खेल पुस २६ मा सुदूरपश्चिमसँग खेल्नेछ ।

दोस्रो खेल पुस २८ मा गण्डकी प्रदेशसँग हुनेछ । घरेलु लिगमा विदेशी राष्ट्रिय टिमले भाग लिने भएसँगै क्रेज बढेको छ । खेलाडीहरूसमेत निकै उत्साही भएका छन् । दर्शक सहभागिता बढ्ने आयोजकको अपेक्षा छ । अन्यथा दर्शकबिनै खेल भइरहेको छ । मनमोहन स्मृति क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले निकै कठिनाइका बाबजुद मलेसियाको राष्ट्रिय टोली नेपाल ल्याउन सफल भएको बताए । ‘विदेशी टिमलाई घरेलु लिगमा सहभागी गराउन सक्यौं,’ उनले भने, ‘५० ओभरको एकदिवसीय खेल गराउनु निकै कठिन छ । तर हामीले सफल गर्‍यौं ।’

यसपालि मलेसियाबाट अम्पायर पनि ल्याउने आयोजकको लक्ष्य थियो । तर सम्भव नभएपछि मलेसिया टिमलाई मात्र घरेलु लिगमा सहभागी गराएको हो । गत वर्ष आयोजकले प्रदेशस्तरको भारतीय सुपलगोरा टिमलाई सहभागी गराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० र नेपाल क्रिकेट संघ ९क्यान० ले अनुमति दिएपछि मलेसियालाई सहभागी गराउन सम्भव भएको जनाइएको छ । डेढ महिनाको लगातार प्रयास सफल भएको आयोजक अध्यक्ष घोषले बताए । होटल, खेल मैदान, सुरक्षाजस्ता पक्ष व्यवस्थापनपछि मलेसिया टोलीलाई नेपाल ल्याइने भएको हो । त्यति मात्र होइन मलेसियाले राष्ट्रिय टोलीसँग खेल्ने वातावरण तय भए मात्र आउने भनेको थियो । घरेलु मैदानमा विदेशी टोलीलाई उतार्न क्यान सकरात्मक देखियो । नेपाली टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण बनाइदिएका कारण मलेसियालाई सहभागी गराउन सकिएको घोषले बताए ।

२०७६ पुस २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: