Mon. Nov 25th, 2024

विद्यालय खुलेपनि धादिङका विद्यालयहरुमा कक्षा संचालन हुन सकेन

046-300x225

धादिङ – भूकम्पको त्रासका कारण बन्द भएका शैक्षिक संस्थाहरु आइतबारबाट खुलेका छन् । सरकारले विद्यालय खोल्न आदेश दिएपनि विद्यार्थीहरुमा छाएको मनोवैज्ञानिक त्रासका कारण आइतबार पहिलो दिन विद्यालयमा विद्यार्थीहरु निकै कम मात्रामा मात्र आएका छन् । ग्राीण क्ष्ँेत्रमा माटो ढुङगाले बनेका स्कुलहरु पूर्ण रुपमा क्षति भएका विद्यालय खुल्ला चौरमा पढाइएको छ भने सदरमुकामका पक्की भवनहरुमा भने कक्षा संचालन गरेर नै पढाएको छ ।

लामो समयपछि विद्यालय खोलिएतापनि कक्षा भने सुचारु भएको छैन । विभिन्न नाचगान तथा भूकम्प सम्बन्धी विभिन्न जानकारीहरु दिएर कक्षा संचालन गरिएको छ ।जिल्ला शिक्षा कार्यलय धादिङले विद्यालय संचालन गर्नका लागि यस भन्दा अघि धादिङका विभिन्न शिक्षकहरुलाई मनोपरामर्श तालिम सञ्चालन गरेको थियो ।
विद्यार्थीहरुलाई केही समय विभिन्न रमाइलो गरेर उनीहरुमा भएको मनोवैत्रानिक क्रास हटाइएपछि मात्र किताबी पाठमा फर्कने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएएको छ ।

धादिङमा ९ हजार एक सय १६ विद्यार्थी भर्ना भएकोमा ५ सय ८७ वटा विद्यालय भवनमा क्षति पुगेको शिक्षा कार्यालयले जानकारी दिएको छ । जिल्लाभर ५ हजार ४ सय ३४ कक्षाकोठामध्ये २८ सय कक्षाकोठा पूर्ण रुपमा भत्किएका छन्। यी विद्यालयमा दुई साता अघिदेखि अस्थायी सिकाइ केन्द्र उपलब्ध गराएर कक्षा सुचारु गर्ने तयारी गरे पनि जिल्ला शिक्षा कार्यालयले अस्थायी केन्द्र उपलब्ध गराउन सकेको छैन।

About The Author

अन्य समाचारहरु: