
२३ पुस, धादिङ
नेत्रावती डबजोङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि निरन्जना माध्यमिक विद्यालय मार्पाकले जितेको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका स्थित कुन्डला माध्यामिक विद्यालयमा भएको गाउँपालिका स्तरीय प्रतियोगीतामा निरन्जनाले १६ स्वर्ण, ७ रजत र ३ कास्य गरि २६ पदक जिती उपाधि जित्न सफल भएका हुन् ।
प्रतियोगीतामा मङ्गलादेवी माध्यामिक विद्यालय ५ स्वर्ण, १२ रजत र ८ कास्य सहित २५ पदक सहित द्धितीय भए भने कुण्डलादेवी माध्यामिक विद्यालय ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित १४ पदक सहित तृतीय भए ।
विजेता खेलाडी तथा समूहलाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीता तीनदिनसम्म संचालन गरिएको थियो ।
२०७६ पुस २३ गते प्रकाशित