Mon. Mar 17th, 2025

इराकको क्याम्पबाट विदेशी फर्काउन शुरू, ७ नेपाली फर्किए

२२ पुस , काठमाडौ –

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब २ सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतवारदेखि पठाउन थालेका हुन् ।

२०७६ पुस २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: