Thu. Feb 27th, 2025

सरकारी गोदाममा ६ महिनामा पुग्ने खाद्यान्न

cace9c610f9de8c1d07fd0fef1ae21f5_L
काठमाडौं- भूकम्पपछि विभिन्न मित्रराष्ट्रबाट सहयोग आएपछि सरकारी गोदाममा खाद्यान्न मौज्दात बढेको छ। सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले ६ महिना धान्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिएको छ।‘हामीसँग अहिले ३ लाख क्विन्टल खाद्यान्न स्टकमा छ, संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बुधबार नागरिकसँग भने, ‘यसले हामीलाई ६ महिना पुग्छ। ३ लाख क्विन्टलमध्ये ४० हजार क्विन्टल गहुँ र अरु सबै चामल रहेको संस्थानले जनाएको छ।

उपाध्यायका अनुसार संस्थानसँग २ लाख क्विन्टल खाद्यान्न पहिले नै थियो। भूकम्प गएपछि विदेशबाट सहयोग हँदै आएको छ। केही दिनअघि मात्र बंगलादेशले सय क्विन्टल चामल नेपाल सरकारलाई भूकम्पपीडितको सहयोगार्थ दिएको थियो। बंगलादेशले दिएको सहित संस्थानमा ३ लाख क्विन्टल खाद्यान्न स्टकमा रहेको उपाध्यायले बताए। अरु केही खाद्यान्न किन्ने प्रक्रियामा समेत रहेको उनले बताए। संस्थानले भूकम्पपीडितको लागि उपलब्ध गराएको राहत खाद्यान्न अब किनेर पूर्ति गर्ने जनाएको छ। ‘हामीले अहिलेसम्म १० हजार क्विन्टल खाद्यान्न रातहको लागि उपलब्ध गराइसकेका छौं, उपाध्यायले भने, ‘यसको पूर्ति पनि छिट्टै किनेर गर्छौं।ु
झन्डै १० हजार क्विन्टल चामल किन्न टेन्डर स्वीकृत भइसकेको र हप्ता दिनभित्र सम्झौता भएर चामल किन्न थालिने उनले बताए। संस्थालने यस सिजनको धान समेत किनिसकेको छ। यस आर्थिक वर्षमा ३ लाख क्विन्टल धान किन्ने योजना संस्थानको थियो।विश्व स्वास्थ्य संगठनले गहुँ, चामल, जौ, फापर, कोदो लगायतलाई खाद्यान्नको रुपमा प्रयोग गर्न भने पनि नेपालीको खानेबानीलाई ध्यानमा राखेर चामल र गहुँमात्र संस्थालने स्टक राख्दै आएको छ। संस्थानको चालु आर्थिक वर्षमा साढे तीन लाख क्विन्टल खाद्यान्न किन्ने जनाएको छ। मौज्दात रहेको खाद्यान्न कम भएपछि नयाँ किन्न लागेको हो। चालु आर्थिक वर्षको सुरुमा मौज्दात हुनुपर्ने खाद्यान्न नभएपछि एकैपटक ठूलो मात्रामा किन्ने संस्थानले जनाएको थियो। साढे तीन लाख क्विन्टलमध्ये ८० प्रतिशत चामल र २० प्रतिशत गहँु किन्ने योजना उसको थियो।

संस्थानले देशभर १२ वटा ठाउँमा ‘बफर स्टकु गर्ने गरेको छ। आवश्यक पर्दा पायक पर्ने बफर स्टकबाट विभिन्न जिल्ला पुर्याटउँछ। उपभोक्ताले चाहेको बेला ती केन्द्रबाट सहुलियत मूल्यमा किन्न पाउने उपाध्यायले जानकारी गराए। सरकारले २३ जिल्लामा खाद्यान्न पुर्याउन ढुवानी अनुदान दिएको छ। बाँकी ठाउँमा आफैंले पुर्या उँछ।
नागरिकबाट

About The Author

अन्य समाचारहरु: