Tue. Mar 18th, 2025

कजाकिस्तानमा एक सय यात्रु बोकेको विमान दुर्घटना

११ पुस, एजेन्सी –


कजाकिस्तानमा एक सय यात्रु बोकेको विमान दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् ।

बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ ।

उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ ।

विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो । विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ ।

विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनाअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।

२०७६ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: