Tue. Mar 11th, 2025

ए डिभिजन लिग दर्शकलाई पुरस्कार प्याकेज

९ पुस , काठमाडौ –

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकलाई आकर्षित गर्नका लागि एन्फाले पुरस्कार प्याकेज घोषणा गरेको छ । लिगको दुई चरण सकिँदासम्म दशरथ रंगशालामा दर्शक उपस्थिति न्यून भएपछि एन्फाले मंगलबार पुरस्कार प्याकेज सार्वजनिक गर्‍यो ।

त्यसअनुसार हरेक चरणको खेल सकिएपछि पाइने पुरस्कार र लिग सकिएपछि पाइने पुरस्कार छ । प्रतियोगिता सकिएपछि पाइने पुरस्कारमा राष्ट्रिय फुटबल टोलीसँग विदेश भ्रमण गर्ने मौका छ । साधारण प्यारापिटको २ सय रुपैयाँको टिकट किन्ने र भीआईपी प्यारापिटको ५ सय रुपैयाँको टिकट किन्ने गोलप्रथाबाट छानिएका १–१ जना दर्शकलाई त्यो अवसर प्रदान गरिने एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले बताए ।

हरेक चरण सकिएपछि दिइने पुरस्कारमा २ सय टिकटवाला २० र ५ सय टिकटवाला ५ दर्शकलाई आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए । साथै दुवैतर्फ टिकट काट्ने गोलाप्रथाबाट छानिएका दर्शकलाई विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया र नेपाल, चाइनिज ताइपेई र नेपालबीच हुने खेलको भीआईपी र साधारण प्यारापिटको टिकट पनि उपलब्ध गराइने छ । यसबाट अढाइ सय दर्शक लाभान्वित हुनेछन् ।

२०७६ पुस ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: