१४ जेठ धादिङ – अपरिचित व्यक्तिको लहैलहैमा लागेर पोखरा जान लागेका दुई बालिकालाई विहिबार घादिङको मलेखुबाट उद्धार गरिएको छ ।
बैशाख १२ गतेको महाभुकम्प पछि अभिभावकहरु घरबारबिहीन बनिरहेको बेला बालबालिकाहरु बेचबिखनको घट्नाहरु हुन नदिन सिविस काठमाण्डौ र प्रयास नेपाल धादिङले सन्चालन गरेको चेक पोष्टबाट उद्धार गरिएको हो । गोरखाको धावाँ घर भई हाल धादिङबेसी स्थित पुछार बजार बस्दै आउनुभएका ९ बर्षिय आस्मा नेपाली र १२ बर्षिय रञ्जिता नेपालीलाई आज उद्धार गरि जिल्ला बालकल्याण समितिलाई जिम्मा लगाएको हो ।
विहिबार बिहान मलेखुको फुर्केखोलामा पोखरा जाने सवारी कुरेर बसेका बालबालिका माथि सोधपुछको क्रममा अपरिचित व्यक्तिले आफुहरुलाई पोखरा लान लागेको बताएपछि उनीहरुलाई प्रहरीको सहयोगमा उद्धार गरिएको सिविसका कार्यक्रम अधिकृत शेखर सापकोटाले बताउनुभयो । उद्धार गरिएका दुई बालबालिकाहरुलाई आजै अभिभाकको जिम्मा लगाईएको छ । बालबालिकाका अनुसार उनीहरुलाई पोखरा लैजाने पुरुष भने काठमाण्डौ तर्फ लागेका छन् । फुर्केखोलामा सन्चालन गरिएको चेकपोष्टबाट यसअधि विराटनगर जान भन्दै हिडेका झार्लाङका २ बालकलाई पनि उद्धार गरि अभिभावकको जिम्मा लगाईएको प्रयास नेपालको कार्यक्रम संयोजक उमेश कडेंलले जानकारी दिनुभयो ।