Mon. Mar 10th, 2025

धादिङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न


२८ मंसिर, धादिङ

धादिङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रदेश नं३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले देशको विकासमा उद्योग व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव लोकनाथ डल्लाकोटीले संघको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल, प्रदेश सांसद डा। रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगना, प्रमुख जिल्ला अधिकारी अस्माान तामाङ, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी , प्रहरी नायब उपरीक्षक रुपक खड्का, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, सचिव धन बहादुर बुर्लाकोटी लगायत संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।


२०७६ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: