दोलखा – नेपाल आदिवासी जनजाति पत्रकार महासघं फोेनिजले दोलखाका संचारकर्मीहरुका लागी सञ्चार सामग्री राहत स्वरुप प्रदान गरेको छ ।
फोनिजले जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना आदिवासी जनजाति संचारकर्मीहरुका लागी एक एक थान पावर बैंक, पेनड्राइन र थान टि सर्ट प्रदान गरेकोे हो । फोनिजका केन्द्रिय अध्यक्ष दण्ड गुरुङले फोनिज दोलखाका अध्यक्ष सुवास योञ्जनलाई सञ्चार सामग्री हस्तानतरण गुर्न भएको थियो । हस्तानतरण कार्यक्रममा फोनिजका महासचिव गजुरधन राई, केन्द्रिय सचिव मनोज घर्ती मगर, फोनिजका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहनसिह लामा लगायतको उपस्थिती रहेको थियो ।
फोनिजको आह्वानमा तमु सञ्चाकरकर्मी संघ, तमू बौद्ध, सेवा समिति नेपालको सक्रिय पहलमा सञ्चार सामग्री उपलब्ध गराईएको हो । सञ्चार सामग्री सरभाईवर संस्थापक डा. राजन घलेले उपलब्ध गराउनु भएको हो टि सर्ट संखुवासभा समाज हङकङले उपलब्ध गराएको हो । फोनिज मार्फत उपलब्ध सञ्चार सामग्री जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई वितरण गरिएको छ ।
सञ्चार साम्रग्री नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य चिरञ्जिवि मास्के, दोलखाका अग्र्रज पत्रकार राजेन्द्र मानन्धर, नेपाल पत्रकार महासघं दोलखाका उपाध्यक्ष जीवन लामा, पत्रकारहरु शेर बहादुर भुजेल, सुवास योञ्जन, लालकुमार मोक्तान, निरासी थामी, उषा पाख्रिन, आकाश थामी, तुलसी श्रेष्ठ, धनराज तामाङ, प्रभु जिरेल, शान्त कुमार जिरेल, तुलसी श्रेष्ठ, राङडोल लामा, शिवकुमार भुजेल, सन्तोष भुजेल, अर्चना लामा, लाक्पा शेर्पा, राजेन्द्रकुमार श्रेष्ठ, र सुन्तली थामीलाई प्रदान गरिएको छ ।
यसै गरी तमु बौंद्ध सेवा समितिले दोलखाको सुरी, चंखु र खारे गाविसमा बसोबास गर्ने गुरुङ समुदायका लागि तीन लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ । तमु समाज दोलखाका अध्यक्ष हिमाल गूङलाई तमु बौंद्ध सेवा समितिका अध्यक्ष रुपबहादुर गुरुङले प्रदान गर्नु भयो ।