Fri. Nov 29th, 2024

समाजवादीमा नयाँ शक्ति र फोरमबीच खेमाबीच मनमुटाव


२२ मंसिर, काठमाडौं –


पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै समाजवादी पार्टीमा पूर्व नयाँ शक्ति र पूर्वसंघीय समाजवादी फोरम नेपालका नेताबीच गम्भीर मनमुटाव सुरु भएको छ। विवाद उपनिर्वाचनको परिणामपछि उत्कर्षमा पुगेको हो। तत्कालीन नयाँ शक्ति र तत्कालीन फोरमबीच एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सम्बन् धबिग्रदै गएको पूर्व फोरमका नेताहरूको बुझाइ छ।

केही दिनअघि प्रधानन्त्रीले समाजवादी पार्टीलाई नसोधी अपमानजक किसिमले मन्त्रिमण्डल पुनर्गठन गरेकोमा यसको जिम्मेवार पूर्व नयाँ शक्ति पार्टीका नेता, त्यसमा पनि नयाँ शक्ति पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई रहेको पूर्व फोरमका एक पदाधिकारीले बताए।

वैशाख २८ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको निकै कडा आलोचना गरेका थए। उनले प्रधानमन्त्रीलाई गफास्टक भन्दै ठाउँठाउँमा व्यंग्य गरेका थिए। सरकार असफल भएको उनले निष्कर्ष निकालेका थिए। समाजवादी पार्टीको सो प्रतिवेदनपछि समाजवादी पार्टीसँग प्रधानन्त्री सशंकित भएको स्रोतले बतायो। भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उठ्नै नसक्ने गरी समाप्तिको बाटोमा लागेको ठोकुवा गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने भट्टराईले त्यति कडा आलेचना गरेनन्। राजनीतिक प्रतिवेदनमा भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे तत्काल पुनर्समीक्षा गर्ने बताएका थिए। यद्यपि सो बैठकले सरकार छाड्ने निर्णय भने गरेन तर भट्टराईको प्रतिवेदनपछि पार्टी र प्रधानमन्त्रीबीचको सम्बन्ध बिग्रन थाल्यो,’ फोरमका अर्का एक नेताको विश्लेषण छ।

समाजवादी पार्टी र राजपाबीचको एकीकरण सफल हुन नसक्नुमा पनि पूर्व नयाँ शक्ति पार्टीका नेताहरू जिम्मेवार रहेको पूर्व फोरमका अर्का एक नेताले बताए। राजपाले पार्टी एकीकरण गर्न समाजवादी पार्टीसँग ठाकुरलाई पहिलो अध्यक्ष मान्नुपर्ने र एकीकरणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेको छ। सरकार छाड्ने सर्तको विषयमा भने आफूहरू तयार रहेको समाजवादी पार्टीका नेता बताउँछन्।

गत वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन गरिएको थियो।


२०७६ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: