
१७ मंसिर , पेरिस –
लियोनल मेसीले सोमबार राति छैटौं पल्ट पुरुषतर्फको बेलन डे अर जितेका छन् । उनले यसका लागि लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछाडि छाडे ।
सन् २०१५ यता पहिलो पल्ट यो अवार्ड जितेका ३२ वर्षीय मेसीले समग्रमा भने छैटौं पल्ट यो पुरस्कार हात पारे । यसपल्टको उपाधि होडमा क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे ।
यसैक्रममा मेसीले सर्वाधिक उपाधि जितेको होडमा रोनाल्डोलाई पनि उछिनेका छन् । पेरिसमा आयोजित कार्यक्रममा मेसी आफ्नी श्रीमती दुई छोरासँगै आएका थिए ।
पछिल्लो १० वर्षमा उनले सन् २०१५ सँगै सन् २००९, २०१०, २०११ र २०१२ मा पनि यो अवार्ड जितेका थिए । पुरस्कार थापेपछि उनले भने, ‘म आफ्नो उमेरलाई लिएर सचेत छुं अबको केही वर्ष राम्रो फुटबल खेलेर रमाउन चाहन्छुं ।’
२०७६ मंसिर १७ गते प्रकाशित