बद्री प्रसाद दाहाल –
साच्चै सङ्कल्प हो वा , जन मन खिचने , वाक्कलाको भिडन्त ।
शीर्शैका तीर्थ वाणी , जन मन खिचने , हो कि झुट्टा गढन्त ।।
सक्छौ ए शीर्श नेता , तलब अब सबै , देउ त्यागी बनेर ।
बन्छौ है राजनेता , स्व — तलब जनतालाई देउ गनेर ।। १।।
पैलेझै मात्र चिल्ला , वचन त मधुरा , काम होलान् अधूरा ।
मात्रै वक्त्रित्व चर्का , अधम कल गरी , काम होलान् अपूरा ।।
वक्ता मात्रै नबन्द्यौ , गलत — विगतले , श्वास — विश्वास छैन ।
गर्दैछम् जाच नेता , तलब त नलिनू , दु:खमा मिल्छ चैन ।। २।।