Mon. Mar 10th, 2025

१३औं साग खेल भौतिक पूर्वाधारमै चुक्यौुं

६ मंसिर काठमाडौ

बंगलादेशले आयोजना गर्न नसकेपछि नेपाल पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० को आयोजक बनेको थियो सन् १९८४ मा । दोस्रो संस्करणपछि हरेक दुई वर्षमा आयोजना गर्ने भनिए पनि दक्षिण एसियाली खेलकुदको बृहत् प्रतियोगिता ३५ वर्षमा बल्ल १३ औंपल्ट आयोजना संघारमा आइपुगेको छ ।

१३ औं साग आयोजना हुने मुख्य खेलस्थल दशरथ रंगशालाको भीआईपी प्यारापिटतर्फ छानो हालिँदै । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर

माल्दिभ्स र भुटानबाहेक दक्षिण एसियाका अरु ५ देशले ‘अल्फाबेट’ का आधारमा पालैपालो आयोजना गर्ने नियम भएर पनि यो क्षेत्रीय प्रतियोगिता तोकिएको समयमा बिरलै भएको छ ।

दक्षिण एसियाली खेलकुद ९पछि साग० को सुरुका सात संस्करण तोकिएकै वर्षमा भयो । आठौं साफ गेम्सको पालो थियो नेपालको । वर्ष थियो १९९७ । तर त्यो मितिमा सम्भव भएन । कारण भौतिक पूर्वाधार तयार भएन । र, सन् १९९९ मा आएर आठौं साफ नेपालले भव्य रूपमा आयोजना गर्‍यो ।

२०७६ मंसिर ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: