३ मंसिर, धादिङ –
आगामी मंसिर १३ गतेदेखि २३ गतेसम्म धादिङ कृषि, पर्यटन तथा व्यापार मेला संचालन हुने भएको छ ।
शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाले उक्त मेला आयोजना गर्न लागेको हो । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ४ मा संचालन हुने महोत्सवका लागि मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराएका हुन् ।
मेलामा जिल्लाको कृषि, पर्यटनको प्रद्र्धशनी, साँस्कृतिक भेषभुषा झल्कने प्रस्तुती, रमाइलो मेला लगायतको हुने आयोजक संस्थाका अध्यक्ष कल्पना अधिकारीले बताइन् ।
गत वर्ष महोत्सव संचालन गरेको जिल्ला होटल संघले यो वर्ष महोत्सव संचालनका लागि तयारी गरेको थियो तर अन्तिम समयमा महोत्सवको आयोजकको जिम्मेवारी होटल संघले शिखरिणीलाई दिएको हो ।
महोत्सवमा करिब १६ करोड बराबरको कारोबार तथा २ लाख दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।
२०७६ मंसिर ३ गते प्रकाशित