१२ जेठ, धनगढी – कैलाली जिल्लाको अत्तरिया नगरपालिका–४ वनखेत गाउँका एक युवक स्थानीय खुटिया नदीमा डुबेर बेपत्ता भएका छन् ।
उन्नाइस वर्षीय युवक रामसिं धामी सोमबार नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका टोलीले युवकको खोजी कार्य जारी राखेको जनाएको छ ।
यसैगरी अत्तरिया नगरपालिका–११ मा १८ महिनाकी एक नाबालिका आफ्नी आमासँगै राति सुतेकै अवस्थामा हराएकी छन् । आफ्नी आमा सुनकुमारी रानासँगै सुतेको अवस्थामा नाबालिका कृतिका राति ४ बजे हराएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । रासस