
२ मंसिर काठमाडौ –
बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कपमा नेपाल अहिले आयोजक बंगलादेशको सामना गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निकै कमजोर प्रदर्शन गर्यो ।
नेपालले बंगलादेशलाई जितका लागि १३९ रनको झिनो लक्ष्य दिएको छ । ४४।३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। कुनै ब्याट्सम्यान नचल्दा ९औं नम्बरमा क्रिजमा आएका सोमपाल कामीले नेपालको स्कोर केही उकासे कामीले ६३ बलमा ४ चौकासहित ३८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, आरिफ शेखले ११, कुशल भुर्तेलले १० रन जोडे।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र र कुशलले राम्रो सुरुवात गरेका थिए । ६।५ ओभरमा ३३ रन हुँदा पहिलो विकेटका रुपमा कुशल आउट भएपछि नेपालको विकेट गुम्ने क्रम निरन्तर चल्यो । २८ ओभर सकिँदा नेपालको ८ विकेट गुमिसकेको थियो स्कोर बोर्डमा नेपालको रन ८५ मात्रै थियो । करण केसी र सोमपाल कामीले ९औं विकेटका लागि ९१ बलमा ५० रनको साझेदारी गरी नेपाललाई केही राहत दिलाए ।
बंगलादेशका सोमन खान र सायद अवेदिनले नेपालको ३–३ विकेट लिँदा तानबीर इस्लाम र महादी हसनले २–२ विकेट लिए।
२०७६ मंसिर २ गते प्रकाशित