
२५ कात्तिक, धादिङ-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धादिङले पश्चिम नेपालकाे कालापानी क्षेत्रमा भारतले भुमी अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा तरुण दलका कार्यकर्ताले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो र भारतले हालै नेपालको भुभाग समेत समेटेर जारी गरेको नक्सा दुवै जलाएका छन् । मोदीको फोटो र भारतिय नक्सा जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीवीच खोसाखोस समेत भएको थियो ।

उनीहरूले ‘गो ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, नेपाली सीमा मिच्न पाइँदैन, छिमेकीले नेपाललाई हेप्न पाइदैन, मिचिएको भूमि फिर्ता गर जस्ता नारा लगाएका थिए।

तरुण दलले पार्टी कार्यलयबाट ¥याली निकालेर वीच बजार चोकमा कोण सभा गरेको थियो । कोण सभालाइ सम्वोधन गर्दै तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता गर्नको लागि तत्काल कुटनितिक पहल नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।



सवै फोटोहरु : मनिष दुवाडी