शंकर श्रेष्ठ
१० जेठ, धादिङ । विनासकारी भुकम्पले घरबारबास उठाएपछि गाँस भन्दा बाँसको माग गरिरहेहरुलाई सहयोग गर्न एकिकृत नेपापा माओवादी नेतृत्वको माओवादी कार्यकर्ताको टोली धादिङको कुम्पुरका पीडितहरुको घर व्यवस्थापनमा लागेका छन् । टोली आइतबार कुम्पुरको परेवाटार आइपुगेको छ ।
कार्यकर्ताहरुको टोलीमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराइ पनि सहभागी हुनुभयो । काम नलाग्ने बनेका संरचना भत्काउन र नयाँ अस्थाई टहरो निर्माणमा डा. भट्टराई आफै लाग्नुभएको छ । परेवाटारमा अस्थाई टहरा बनाउँदै गर्दा संचारकर्मीहरुसंग कुरा गर्दै डाक्टर भट्टराइले देशमा आइपरेको विपत्तिको सामना गर्न सरकारको मुख ताकेर बस्न नहुने सन्देश दिन आफै सहभागी भएको बताउनुभयो ।
भुकम्पका कारण जोखिम बनेका घरहरुमा रहेका सामानहरु निकालेर र त्यस्ता घरहरु भत्काउदै अस्थाई बसोबासको लागि नागरिकहरुलाई टहरो निर्माण गर्न सहयोग अभियानमा भट्टराइ धादिङ आउनुभएको हो । विपत्तिको बेला जनताको घाउमा थोरै भएपनि मलहम लगाउन आफुहरुले अभियान चलाएको डाक्टर भट्टराइले स्पष्ट पार्नुभयो । जनताको पिडामा थारै मलहम लगाउने प्रयत्न हो । ८ लाख भन्दा बढि घर र ५० औं हजार संरचना भत्किएका छन्, त्यो सरकारले पुरै बनाउन पनि संभवन हुँदैन र कुनै पार्टी, संस्थाले एक्लै गर्न पनि सक्दैन, सबैले मिलेर ग¥यौ भने सम्भव छ, उहाँले भन्नुभयो । स्वयंसेवी ढंगले यो प्रकृयालाई सघाउ पु¥याउन सक्छौं भन्ने लक्ष्यका साथ अभियान सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
अभियानको क्रममा एमाओवादीको उद्धार टोलीले जल्तरासीघरहरु भत्काउदै स्थानीय श्रोत साधनको प्रयोग गरेर कुम्पुरमा आजसम्म १७ ओटा नयाँ टहरा निर्माण गरिदिएका छन् । यो अभियान अझै १५ चल्ने र कामको आवश्यकता अनुसार समय घटबढ गर्न सकिने डाक्टर भट्टराइले जानकारी दिनुभयो ।
अहिलेको लागि एक वर्षसम्म टिक्न सक्ने अस्थाई आवासको काम प्रमुख भएको छ, अहिले हामी त्यसैमा लागेका छौं । पछि स्थायी प्रकृतिका संरचना बनाउन नापनक्सा गरेर भुकम्प प्रतिरोधी बनाउनुपर्छ, डा. भट्टराइले भन्नुभयो । सरकारले दिने भनेको २ लाखले घर निर्माण गर्न असम्भव रहेको भन्दै उहाँले त्यसमा राज्यले रकम बढाउनुपर्ने धारण राख्नुभयो ।
एमाओवादी उपाध्यक्ष भट्टराइसंग धादिङमा रुकुम र बागलुङका एमाओवादी कार्यकर्ता अभियानमा हिँडेका छन् । घर भतकाउने, नयाँ टहरो निमाृणको लागि खन्ने र काठ काट्ने काममा समेत डाक्टर भट्टराइ आफै लाग्नुभएको छ । अभियानमा चार माओवादी सहित एकिकृत पार्टी सहभागी छ ।