Mon. Mar 10th, 2025

प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए


१५ कात्तिक, काठमाडौं –


तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् ।

गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३-१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

त्यसपछि मेस्सीलाई कोपा अमेरिकाले तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्दैछ ।

२०७६ कात्तिक १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: