Sat. Nov 16th, 2024

लोकसेवा आयोगले नयाँ भर्ना आह्वान १ उपसचिवदेखि खरिदारसम्मको विज्ञापन खुलाउँदै

२८ असोज, काठमाडौ –

लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई सुचारु गर्दै आयोगले भोलि बुधबार विज्ञापन आह्वान गर्न लागेको हो ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहसचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।

आयोजका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिनुभयो । भर्ना आह्वान हुनेमा प्रशासन सेवा तर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।

यससँगै संघमा रिक्त रहका विभन्न ७ हजार कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । लामो समयदेखि भर्ना प्रक्रिया सुरु हुन नसक्दा केन्दीय सरकारका विभिन्न निकायमा नितिगत निर्णयदेखि सेवा प्रवाह समेत प्रभावित हुदैँ आएको छ ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायमा झण्डै ७ हजारको संख्यामा दरबन्दी रिक्त छ । रिक्त पदहरूमा १ सय ६३ सहसचिव, ३ सयको संख्यामा उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार छन ।

संघीय संरचना बनेसँगै संघका कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भइसकेका छन । यससँगै संघमा ठूलो संख्यामा कर्मचारी अभाव हुन पुगेको हो ।

मन्त्रालयले अन्य पदमा आवश्यक कर्मचारीको विवरण संकलन भइरहेको जानकारी दिएको छ । विवरण संकलनको काम अन्तिम चरणमा रहेकाले बाँकी पदहरूको पदपूर्ति प्रक्रियासमेत छिट्टै सुरु गरिने मन्त्रालयको भनाइ छ ।

२०७६ असोज २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: