Mon. Mar 17th, 2025

इराकमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो


१८ असोज, काठमाडौँ –

इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो चार दिनमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाको ज्यान गएको हो । प्रदर्शन हिंसात्मक बन्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको बीबीसीले जनाएको छ ।

राजधानी बगदादमा नचिनेका व्यक्तिको आक्रमणबाट दुई प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । बेरोजगारी समस्या बढ्दै गएपछि त्यहाँका युवाहरुले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले सार्वजनिक सेवामा हुँदै आएको लापर्वाही र भ्रष्टाचारको पनि विरोध गरेका छन् । प्रदर्शन हिंसात्मक भन्दै गएपछि इराकका प्रधानमन्त्री अदेल अब्देल माहदीले प्रदर्शनकारीको माग सम्बोधन गरिने बताए ।

२०७६ असोज १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: