Mon. Mar 10th, 2025

इंग्ल्यान्डको टिममा ‘नेपाली छोरी’

१७ असोज, काठमाडौँ र लन्डन —

बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । तनहुँ, दमौलीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्यान्डमै बसोबास गर्छन् । उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन् ।

अस्मिता आलेलाई इंग्ल्यान्ड यू–१९ टिममा बोलाइयो।

घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सहभागी हुनेछिन्।

बधाई असी १

इंग्ल्यान्डको क्लब एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोड गरिएको अस्मिता आलेको फोटोसँगैका यी तीन लाइनले बेलायतमा रहेका नेपाली समुदायमा मात्रै होइन, समग्र नेपाली फुटबलमै ठूलो महत्त्व राखेको छ।

तीन वर्षयता इंग्ल्यान्डको अन्य उमेर समूहको राष्ट्रिय टिमबाट नियमित खेलिरहेकी यी डिफेन्डर अहिले बेलारुस पुगेकी छन्, जहाँ उनको टिमले यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेको छ। इंग्ल्यान्डले बुधबार साइप्रसलाई ८–० ले पराजित गरेको खेलमा उनी ‘बेन्च’ मै थिइन्। आउँदो बुधबारसम्म हुने छनोटमा इंग्ल्यान्डले सर्बिया र आयोजक बेलारुसविरुद्ध खेल्दै छ र त्यसमा उनले मैदानमा उत्रिन पाउने आशा गरिएको छ।

‘छोरीको सफलताले खुसी लागेको छ, गर्व अनुभव गरेको छु,’ अमृतले भने, ‘छोरी यू–९ ९नौ वर्षमुनि० देखि एस्टन भिल्लाको एकेडेमीमा भर्ना भएकी थिई। त्यसअघि दुई वर्ष केटाहरूसँगै स्थानीय बल्किङ्टन एफसी ९बाराकुडस० मा खेली, त्यहाँ ऊ एक्ली केटी थिई।’ उनका अनुसार इंग्ल्यान्डको टिममा अस्मिता लेफ्ट र राइट दुवै क्षेत्रमा डिफेन्समा आवश्यकताअनुसार खेल्ने गर्छिन्। क्लबमा सेन्टर–ब्याक, सेन्टरमिडफिल्ड र विंग्समा पनि खेल्ने गरेकी छन्। अर्थात् अलराउन्डर हुन् उनी।

२०७६ असोज १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: