Tue. Mar 4th, 2025

मोटरवाईक चालकहरुले ध्यानदिनुपर्ने कुराहरु

फाइल तस्विर

१५ असोज ,धादिङ –

बाटोको अवस्था– खाल्डाखुल्डी, उकालो–ओरालो, पिच, ग्राभेल वा कच्ची बाटो, निर्माणाधीन सडकलगायत आफू हिँड्ने बाटोका विषयमा सबै जानकारी हुनुपर्छ ।
मोटरसाइकलको कन्डिसन चेकजाँच गरेर मात्रै चलाउनुपर्छ ।
आफ्नो उचाइ, शरीरको क्षमता र तौललाई ध्यान दिएर मोटरसाइकल चलाउनुपर्छ ।
बलियो हेल्मेट प्रयोग गर्नुपर्छ । सकेसम्म पछाडी बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनुपर्छ ।
मोटरसाइकल चलाउन सजिलो हुने खालको पहिरन लगाउनुपर्छ । त्यस्तै, सुरक्षाका लागि पन्जा, ज्याकेट, चस्मा, मास्क र पानी पर्न सक्ने भएकाले रेनकोट पनि साथ लिएर हिड्नुपर्छ ।
आफू हिँड्ने बाटोमा कहाँ–कहाँ पेट्रोल पम्प छन्, कहाँ वर्कसप छ, बुझेर निस्कनुपर्छ, किनकि बाटोमा मोटरसाइकल बिग्रेर वा पेट्रोल सकिएर अलपत्र पर्न सकिन्छ ।
मोटरसाइकलमा धेरै गह्रौं सामान बोक्नुहुँदैन र दुईजना मात्रै बस्नुपर्छ । ओभरलोडले दुर्घटना निम्त्याउन सक्छ ।
हतारमा होइन, बिस्तारै सवारी चलाउनुपर्छ । बाटोमा ट्राफिक प्रहरी हुँदैन भनेर मापसे गरी सवारी चलाउनुहुँदैन ।
सडकमा गुड्ने अन्य ठूला–साना सवारीसँग सजग रहनुपर्छ । उनीहरूले गरेका गल्ती वा उनीहरूले नियम पालना नगर्दा पनि दुर्घटना निम्तन सक्छ । छाडा चौपाया तथा अन्य कारणले पनि सडकमा अवरोध निम्तन सक्छ, सजग हुनुपर्छ ।
आफू स्वयंलाई र अरूलाई पनि कुनै खतरा हुँदैन भन्ने यकिन भएर मात्रै अन्य सवारीलाई ओभरटेक गर्नुपर्छ ।
पहिरो गएको ठाउँमा ठूला–ठूला ढुंगा खस्न सक्ने, मोबिल वा अन्य चिप्लो हुन सक्नेलगायत विषयमा सजग हुनुपर्छ ।
तनाव, रिस, आवेगमा सवारी नहाँक्नुहोला ।
मोबाइल फोन प्रयोग गरी र प्रतिस्पर्धामा सवारी नचलाउनुहोला ।
कहिलेकाहीँ पहिरोले बाटो बन्द हुन सक्ने, लामो ट्राफिक जाम हुन सक्ने समस्या देखिन्छन् ।
पूर्वतयारीका लागि आफूसँगै पानी र हल्का खानेकुरा बोकेर हिँड्नुहोला ।

२०७६ असोज १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: