काठमाडौँ -प्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहनु भएकी संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास विभाग(डीएफआइडी)की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेटवार्ता भएको छ ।
भेटका अवसरमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको क्षति, उद्धार,राहत पुनस्थापना, पुनर्निर्माण ,नेपाल र बेलायतको सम्बन्ध सहितका विषयमा कुराकानी भएको थियो ।भेटमा ग्रिनले बेलायतले नेपालका भूकम्प पीडितका लागि झण्डै १ अर्ब ५८ करोड ९१ करोड ब्रिटिस पाउण्ड० रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको थियो । सो सहयोग स्वास्थ्य क्षेत्रमा खर्च हुने व्यवस्था गरिने उनले बताए । यसमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्थापना,पुनस्थापना,औषधि र उपकरण खरिद सहितका सेवाहरु पर्ने बताइएको छ ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले ८२ बर्षका अन्तराल पछि सबैभन्दा ठूलो विपद्को सामना गर्नु परेको बताए । उहाँले निकटका छिमेकी भारत र चिन सहित नेपालको विकासका साझेदार बेलायत,अमेरिका जापान,यूरोपेली मुलुक सहित दक्षिण एशिया,पूर्वी एशिया , एशिया प्रशान्त, मध्यपूर्वका मुलुकहरुले खोजी, उद्धार, उपचार र राहत कार्यमा खुला हृदयले सहयोग गरेको बताए ।भेटमा प्रधानमन्त्री कोइरालाले बैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछिका पराकम्पनहरु गैरहे पनि अब खोजी र उद्धारको चरण समापनतिर पुग्न लागेको र राहत र अस्थायी पुनस्थापनाको काम आरम्भ भएको बताए । उहाँले पुनस्थापना र पुनर्निर्माणको काममा नेपाललाई ठूलो स्रोत साधनको आवश्यकता भएको पनि उल्लेख गरे ।