Sat. Feb 22nd, 2025

श्रोत परिचालन सहकारीको नाफा १ करोड १३ लाख

५ असोज, धादिङ/मनिष दुवाडी–

धादिङ जिल्लामा कार्यक्षेत्र रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाले गत आर्थिक वर्ष २०७५/०७६ मा १ करोड १३ लाख ७५ हजार ५९ रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।

सहकारीको २२ औँ बार्षिक साधारण सभामा पेश गरिएको आर्थिक प्रतिवेदन अनुसार १ वर्षभरिको आर्थिक कारोवारबाट कुल १ करोड २६ लाख ३ हजार ९ सय ४३ रुपैया कुल नाफा गरेको भएपनि नाफाको ५/५ प्रतिशत कर्मचारी बोनस र सरकारलाइ कर बुझाएपछि खुद नाफा १ करोड १३ लाख ७५ हजार ५९ रुपैया भएको हो ।

अघिल्लो वर्ष कुल नाफाको १५ प्रतिशत रकम सरकारलाइ कर बुझाएको थियो भने गत आर्थिक वर्षदेखि सहकारीले ५ प्रतिसत मात्रै कर बुझाउनुपर्ने निति आएपछि यस वर्ष बढी नाफा देखिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा १४ लाख ६४ हजार ४ सय ४ रुपैया कर बुझाएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ९८ हजार ६ सय ८७ रुपैया मात्रै कर बुझाएको थियो ।

सहकारीले वर्षभरिमा कर्जा लगानीबाट मात्रै ३ करोड ४१ लाख ७८ हजार ९ सय ३५ रुपैया ब्याज आम्दानी गरेको थियो भने सहकारीमा जम्मा भएको बचतको ब्याज १ करोड ९५ लाख ५१ हजार ८ सय २६ रुपैया प्रदान गरेको छ ।

सहकारीले खुद नाफाको ६० प्रतिशत रकम सम्पुर्ण शेयर सदस्यहरुको शेयर रकममा थप गर्नेगरि वाँडफाँड गर्ने भएको छ । श्रोत सहकारी लगातार ५ पटकसम्म नेपाल गुणस्तर ब्राण्ड प्राप्त गरि सहकारीको एक्सेस कार्यक्रममा सहभागी भएको धादिङको पहिलो र एक मात्रै सहकारी रुपमा परिचित छ ।

कुल ४ हजार ७ सय ५९ शेयर सदस्य रहेको सहकारीमा महिला शेयर सदस्य २ हजार ५ सय १७ र पुरुष शेयर सदस्य २ हजार १ सय ३८ जना रहेका छन् । त्यस्तै १ हजार २ सय ८७ जना बाल बचतकर्ता रहेका छन् ।

कुल ३ करोड ७६ लाख ८४ हजार ७ सय चुक्ता पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ४४ करोड ७१ लाख ५८ हजार ९ सय ४७ रुपैया बचत संकलन गरेको थियो भने २०७६ आषाढ मसान्तसम्म २६ करोड २६ लाख ९५ हजार १ सय ११ रुपैया लगानीमा रहेको छ ।

कर्जा लगानी मध्ये ब्यापारिक कर्जामा ११ करोड ३६ लाख ६४ हजार २ सय ९०, शैक्षिक कर्जामा ४८ लाख ६४ हजार ९ सय, हायरपर्चेज कर्जामा ७० लाख २९ हजार ३ सय २१, कृषि कर्जामा २६ लाख ५४ हजार तथा अन्य क्षेत्रहरुमा १३ करोड ४४ लाख ८२ हजार ६ सय रुपैया रहेको छ ।

About The Author

अन्य समाचारहरु: