२६ भदौ, धादिङ–
आँखा स्वास्थ्यमा सबैको पहुँच पु¥याउनका लागि आँखा जाँच कार्यक्रम संचालन गरिने भएको छ । विद्यार्थीहरु मार्फत नै आफ्ना सहपाठीहरुको आँखाको दृष्टी जाँच गरिने छ । कार्यक्रमको बारेमा धादिङबेसीमा सरोकारबाला निकायहरुसँग छलफल तथा अभिमूखिकरण गरिएको छ ।
मध्यपूर थिमि १, लोकन्थली भक्तपुरस्थित बीपी नेत्र प्रतिष्ठान, बाल आँखा, कान, नाक घाँटी अस्पताल एवम् पुनस्थापना सेवा भक्तपुरले अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोगको सहयोगमा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विश्वव्यापी आँखा अस्पताल पहुँचका लागि विद्यार्थी परियोजना अन्र्तगत विद्यार्थीहरुलाई दृष्टि जाँच गरिने भएको हो ।
कार्यक्रम अन्र्तगत एउटा स्कुलमा पाँच जना विद्यार्थी, एकजना शिक्षक नायक, विद्यालय व्यवस्थापन समितिको प्रतिनिधि एकजना र नजिकैको स्वास्थ्य चौकीका एकजना प्रतिनिधिलाई आँखा जाँच गर्ने बारे तालिम दिईने छ ।
पहिलो चरणमा एउटा जिल्लाका २० वटा जुनियर वा युवा रेडक्रस सर्कल भएका सामुदायिक विद्यालयका २४ हजार विद्यार्थीहरुको दृष्टि परिक्षण गरिनेछ । अहिले तालिमहरु प्रदान गर्ने र आँखा जाँच कार्यक्रम भने आगामी बर्षको सुरुवातसँगै सुरु हुने बीपी आइ फाउण्डेसनका संयोजक राम केसीले जानकारी दिए ।
परियोजना धादिङसहित काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र काभे्र जिल्लामा संचालन भएको छ । पाइलट प्रोजेक्टको रुपमा ६ जिल्लामा संचालित कार्यक्रम परिणाममुखी भए देशभरका अन्य विद्यालयहरुमा पनि विस्तार गर्न सहयोग पुग्नेछ ।
२०७६ भदौ २६ गते प्रकाशित