Mon. Nov 25th, 2024

काठमाडौं लगिएका बालबालिकालाई धादिङबेसीमा संरक्षण

धादिङ – अवैधानिक रुपमा राजधानी लैजादै गरेका उत्तरी धादिङका भुकम्प पिडित बालबालिकाहरुलाइ जिल्ला बाल कल्याण समिति धादिङले सदरमुकाममा नै आपलकालिन बाल संरक्षण गृहको स्थापना गरि संरक्षण दिएको छ । उत्तरी क्षेत्रको रि र झार्लाङ्ग गाविसका ४६ जना भुकम्प पिडित वालवालिकाहरुलाई राजधानी लैजादै गरेको अवस्थामा केन्द्रिय बाल कल्याण समितिले उद्धार गरि धादिङ पठाएको थियो । जिल्ला वाल कल्याण समितिले स्थानीय भानुपार्कमा आपतकालिन वाल संरक्षण गृहको स्थापना गरी संरक्षण दिएको छ ।

बैशाख २४ गते ललितपुर स्थित एक विद्यालयमा धादिङवाट विना कुनै जानकारी काठमाडौं लैजाने क्रममा केन्द्रिय वाल कल्याण समितिको पहलमा नागढुङ्गावाट ती बालबालिकालाई उद्धार गरिएको थियो ।बैशाख १२ गते गएको महाभुकम्प र त्यसपश्चातका पराकम्पन पछि आपत्कालिन स्थितिमा रहेका वालवालिकाहरु लाई शिक्षादिक्षा दिने नाममा स्थानीय केही युवाको सहयोगमा रि गाविसका २४ र झार्लाङ्ग गाविसका २२ जना बालवालिकाहरुलाई जिल्ला वाल कल्याण समितिको सिफारिस विना राजधानी लिएर गएका थिए ।

अहिले ती बालबालिकाहरुलाइ बाल मनोचिकित्सकहरुले परामर्श र मनोरञ्जन दिइरहेका छन् । बालबालिकालाइ भुकम्पका प्रभावका कारण मानसिक रुपमा आघात पर्न नदिन मनोरन्जन र परामर्श कक्षा आवश्यक हुने हुदा त्यसमा जोड दिइएको मनोपरामर्शकर्ता गोपाल ढकालले बताए ।उद्धार गरिएका वालवालिकाहरुलाई केही दिन अस्थायी सरक्षण गृहमा मा राखेर मनोविमर्स पछि गाविस वाट नाता प्रमाणित गराई अभिभावकहरुका जिम्मा लगाईने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

 

About The Author

अन्य समाचारहरु: