
९ भदौ, धादिङ–
नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढिले प्रभावित तथा क्षति पुगेको ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।
संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपहि, सन्तपुर, हरीपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरी गरी ११ वटा शाखा कार्यालयका कुल १२ सय जना घरपरिवारलाई २५ लाख बराबरको सामान वितरण गरिएको संस्थाले जनाएको छ ।
प्रत्येक परिवारलाई चामल १ बोरा, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १ किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो । राहत वितरण कार्यक्रम प्रदेश र स्थानिय स्तरका जनप्रतिनिधि, समाजसेवी, राजनीतिककर्मी, सुरक्षा निकायको रोहवरमा वितरण गरिएको थियो ।
संस्थाको सेवा हाल सातैप्रदेशमा ५० वटा शाखा कार्यालय मार्फत ८० हजार सदस्य छन् । हालको कर्जा ३ अर्ब ७५ करोड र बचत १ अर्ब २८ करोड रहेको छ ।
२०७६ भदौ ९ गते प्रकाशित