
८ भदौ, काठमाडौँ –
अन्तरिक्षको बारेमा हामीले अझै पनि धेरै कुरा बुझ्न बाँकी छ । तर यो कुरा पक्का हो, हामी पृथ्वी छोडेर अन्तरिक्षमा गएर अपराध गर्यौँ भने पृथ्वीमै भएको नियम कानुन लाग्नेछ । पछिल्लो समयमा नासाले एउटा यस्तै आपराधिक घटनाको अनुसन्धान गरिरहेको छ । यो अपराध अन्तरिक्षमा भएको छ ।
एक अन्तरिक्ष यात्रीमाथि यस्तो किसिमको आरोप लोगेको छ । उनले अन्तरिक्षमा रहेका बेला आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेकी छिन् । उनले नासाको इन्टरनेशनल स्पेस स्टेशनमा रहेका बेला यो काम गरेको आरोप छ ।
यदि आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा भएको पहिलो अपराध हुनेछ ।न्युयोर्क टाइम्सका अनुसार अन्तरिक्ष यात्री ऐन मैक्लेन ले इन्टरनेशनल स्पेस स्टेशनबाट आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेको स्वीकार गरेकी छिन् तर आफूले केही गलत नगरेको उनको दाबी छ ।
उनका पूर्वपति समर वार्डनले ‘फेडरल ट्रेड कमिसन’मा ऐनविरुद्ध उजुरी दिएका छन् । र वार्डनले सन् २०१४ मा विवाह गरेका थिए । सन् २०१८ मा वार्डनले सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । यसबारेमा नासाले निष्पक्ष जाँचका लागि दुवै पक्षसँग सम्पर्क गरेको जनाएको छ ।
२०७६ भदौ ८ गते प्रकाशित