२ भदौ, धादिङ–
धादिङको गजुरी गाउँपालिका वडा नं ८ बेलबाटेस्थित बेल्खुखोलाबाट प्रहरीले एक्साभेटर नियन्त्रणमा लिएको छ ।
बेल्खुखोलामा अबैध रुपमा एक्साभेटर प्रयोग गरी गिट्टी बालुवाको उत्खनन् गरिरहेको सूचनाको आधारमा नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए । ईलाका प्रहरी गजुरी कार्यालयबाट खटिएको प्रहरी टालीले वेलवोटे लामाचिरा स्थितवाट HYUNDAI कम्पनीको Robex SMART 220L लेखिएका एक्साभेटर र सो एक्साभेटरको चालक र अपरेटर प्रकाउ परेका छन् ।
चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं ८ खरङ्गा वस्ने वर्ष २२ को राकेश श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि गजुरी गाउँपालिकाको कार्यालय बुझाएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
२०७६ भदौ २ गते प्रकाशित