खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।
बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन रु
यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।
केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर
रातोरातो वा खैरो हुन्छ रु
खैरो हुने कारण आइरन नभई इन्जाइम हो । खैरो रंग गाढा हुँदै जानुका पछाडि ती फलहरूमा हुने फिनालिक कम्पाउन्डको अक्सिडेसनले भूमिका खेलेको हुन्छ, यो कम्पाउन्ड हावाको सम्पर्कमा आएपछि रंग परिवर्तन हुन्छ ।
दूध एवं दूधजन्य पदार्थ बाल्यकाल बितेपछि उपयोगी हुँदैनन् ।
दूध एवं दूधजन्य पदार्थमा प्रोटिनका अतिरिक्त एमिनो एसिड, पmयाटी एसिड तथा क्याल्सियमका साथै भिटामिन ए, डी तथा म्याग्नेसियम, फोस्फोरस तथा पोटासियम पनि हुन्छ तसर्थ दूध सबैका लागि उपयुक्त भोजन हो ।
खाना पकाउने बेलामा हालिएको नुनले भन्दा छर्केर खाएको नुनले हानि गर्छ ।
खाना पकाउने बेलामा हालिएको होस् वा पाकेपछि माथिबाट छर्किएको नुन होस् दुवैमा सोडियमको मात्रा एक समान हुन्छ ।
आइरनको राम्रो स्रोत भएको हुनाले पालुङोको सागले रगतको कमी हुन दिँदैन ।
थुप्रै प्रकारका पात भएका सागसब्जीमा पर्याप्त आइरन पाइन्छ । ब्रोकाउलीमा ४० मिलिग्राम, तोरीमा १६(३० मिलिग्राम, गाजरको पातमा १८ मिलिग्राम, चौलाईमा २० मिलिग्राम आइरन हुन्छ जब कि पालुङ्गोमा केवल १ दशमलव १ मिलिग्राम आइरन हुन्छ ।
सुजी अन्न होइन सुजी मैदाको दानादार रूप हो । यसमा पोषक तत्वको मात्रा पालिस लगाइएको चामल तथा मैदासरह हुन्छ ।
सुगर प्रmी उत्पादन स्वस्थ हुन्छ रु
सामान्यतया मानिसहरू सुगर प्रmी उत्पादनलाई कम क्यालोरीयुक्त मानेर मधुमेह एवं तौल नियन्त्रणका लागि उपयोगी मान्छन् तर यस्ता उत्पादन अनेकौं नदेखिने खालका सुगरले युक्त हुन्छन् । यस्ता चीजको बढी सेवनबाट स्वास्थ्यमा विपरीत प्रभाव पर्न सक्छ ।
अण्डामा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, त्यसकारण अण्डा खानु हुँदैन ।
एउटा अण्डामा २ सय १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । केवल एउटा अण्डाको जर्दीमा ३ सय मिलिग्राम कोलेस्ट्रोल हुन्छ तथापि अण्डामा अन्य पौष्टिक पदार्थ प्रशस्त मात्रामा पाइन्छ । हालै गरिएको एक अध्ययनअनुसार जसले प्रतिदिन एउटा अण्डा खान्छ उसलाई अण्डा नखाने व्यक्तिको तुलनामा हृदय रोगको खतरा कम हुन्छ ।
उपवास बसेपछि शरीरबाट टक्सिन बाहिर निस्कन्छ ।
उपवासले अतिरिक्त क्यालोरीमा नियन्त्रण गर्छ तर उपवास बसेका बेला रिच डाइट, फलफूल, जुस तथा ड्राइ प्रmुट्सहरू खानाले त्यसको फल उल्टो पनि हुनसक्छ ।
चिनी खाए मधुमेह हुन्छ रु
चिनी नखाए मधुमेह हुँदैन भन्ने सोच गलत हो । स्टार्च, पmयाट, प्रोटिन तथा चिनीजस्ता क्यालोरीयुक्त खाद्यपदार्थले शरीरमा इन्सुलिनको मात्रा बढाएर मधुमेहलाई जन्म दिन्छन् । जब शरीर कार्बोहाइड्रेड पचाउन असक्षम हुन्छ तब मधुमेह हुन्छ ।
महजस्ता प्राकृतिक पदार्थ चिनीका विकल्प हुन् ।
धेरैजसो मानिस के सोच्छन् भने यस्ता पदार्थ सुगर प्रmी एवं कम क्यालोरीयुक्त प्राकृतिक स्रोत हुन् तथा यिनलाई प्रशोधन पनि गरिएको हुँदैन त्यसैले यी नोक्सानदायक हुँदैनन् । जब कि १ चम्चा महमा ६५ क्यालोरी तथा १ चम्चा चिनीमा ४६ क्यालोरी हुन्छ । ग्लाइस्मिक इन्डेक्स पनि महमा ८७ तथा चिनीमा ५९ हुन्छ ।
नुन नहालेको खानाले छिटै तौल घटाउँछ ।
स्मरणीय के छ भने सोडियम कम भएपछि पानी कम हुन्छ न कि पmयाट । स्नायु प्रणालीले ठीक ढंगमा काम गर्न सोडियम आवश्यक हुन्छ । नुन कम खानु डिप्रेसन, स्वभाव परिवर्तन तथा कमजोरीको कारण बन्न सक्छ ।
सुगरले मुडलाई प्रभावित गर्छ ।
मानिसको दिमाग ऊर्जाका लागि पूर्णरूपमा ब्लड सुगर (ग्लुकोज० माथि निर्भर हुन्छ । यसको कमीका कारण हाइपोग्लिमिया, कमजोरी, डिप्रेसन, दिमागी असन्तुलन आदि हुनसक्छ ।
राति मेटाबोलिज्म सिस्टम सुस्त हुन्छ, त्यसैले बिहान गर्हुँगो नास्ता आवश्यक छ ।
बिहानको नास्ता दिनभरिको ऊर्जाका लागि आवश्यक हुन्छ तर गर्हुँगो नास्ता गरिरहनु पर्दैन । केरा वा दूध खाएर पनि काम चलाउन सकिन्छ ।
माछा खानेबित्तिकै दूध पिउनु हुँदैन ।
सधैं होइन तथापि कुनै(कुनै बेला यसलाई मान्नु राम्रो हुनसक्छ ।
गुलियो नहुने फलफूलको जुस प्राकृतिक एवं सुगर प्रmी हुन्छ ।
ती अवश्य पनि कम क्यालोरीयुक्त हुन्छन् तथापि प्रmुकटोस हुने भएका कारण सुगर प्रmी भने हुँदैनन् ।
राति काँक्रो खानु हुँदैन ।
राति काँक्रो खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन । मज्जाले खान सकिन्छ ।
खाली पेट नास्तामा फलफूल खानु हुँदैन ।
खान सकिन्छ । यसमा कुनै आपत्ति छैन ।
राति दही खानु हुँदैन ।
विज्ञानले यो कुरा मान्दैन ।
कागती पानी खानाले हड्डीमा पीडा हुन्छ ।
सामान्य अवस्थामा हुँदैन तर कसैकसैलाई भिटामिन सीले बिगार गर्न सक्छ ।
गर्भावस्थामा मेवा र भुइँकटहर खानु हुँदैन ।
यसमा कुनै वैज्ञानिक आधार छैन । पौष्टिक एवं सुपाच्य भएका कारण चिकित्सकहरू खाने सल्लाह दिन्छन् ।
एसिडयुक्त तथा नुनिलो खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्नुहुँदैन ।
टोम्याटो सस, साम्भर तथा चटनीजस्ता सिट्रस खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्दा त्यसले आल्मुनियम सोस्छ ।
खाना फलामको भाँडामा पकाउनु हुँदैन ।
नेपालजस्तो देश जहाँ थुप्रै मानिस रक्तअल्पताको सिकार छन्, त्यहाँ यसो गर्नु लाभदायक हुन्छ । आइरन कन्टेनरमा पास्ता सस बनाउँदा त्यसमा आइरनको मात्रा ३ सय प्रतिशतसम्म बढ्छ ।
ननस्टिक भाँडामा खाना बनाउनु सुरक्षित छ ।
टेफलोन कोटेड ननस्टिक कुक वेयरका अनेकौं फाइदा छन् । यसमा खाना पकाउँदा तेल कम लाग्छ तथा सफा गर्न पनि सजिलो हुन्छ तर स्क्र्याच भएपछि भने यस्ता भाँडामा पकाइएको खाना खानु हानिकारक हुनसक्छ ।
डाल्डा घिउ मक्खनभन्दा राम्रो हुन्छ ।
डाल्डा हाइड्रोजन ग्यासद्वारा ताप तथा प्रेसर दिएर भेजिटेबल तेलबाट बनाइन्छ । यसमा पाइने ट्रान्स पmयाटी एसिडले राम्रो कोलेस्ट्रोललाई घटाएर हानिकारक कोलेस्ट्रोल वृद्धि गर्छ । मक्खनले खराब कोलेस्ट्रोल वृद्धि गर्दैन । १ चम्चा मक्खनमा केवल १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । मक्खनमा फाइदाजनक खनिज, भिटामिन एवं एमिनो एसिड हुन्छ जुन डाल्डा घिउमा पाइँदैन ।
घिउ खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कोलेस्ट्रोल एवं सेचुरेटेड पmयाटको डरले मानिसहरू घिउ खान डराउँछन् । सत्य के हो भने शुद्ध घिउमा ६५ प्रतिशत सेचुरेटेड तथा ३५ प्रतिशत मोनोअनसेचुरेटेड पmयाटी एसिड हुन्छ । यो जैतुनको तेल जति नै गुणकारी हुन्छ ।
मह बालबालिकाका लागि फाइदाजनक हुन्छ ।
मह ब्याक्टेरियामैत्री हुन्छ । बालबालिकालाई अप्रशोधित मह ख्वाउनु हुँदैन । महमा हुने ं क्लस्टिरिडियम बोट्युलाइनम व्याक्टेरियाका कारण कहिलेकाहीँ फुड प्वाइजनिङ हुन्छ जसले गम्भीर रोग बनेर बालबालिकाको स्नायु प्रणालीमा असर पुर्याउन सक्छ ।
रिफाइन्ड तेल मुटु र स्वास्थ्य दुवैका लागि राम्रो हुन्छ ।
रिफाइनिङ गर्ने क्रममा कडा तापमान दिइने हुनाले आवश्यक पmयाटी एसिड, प्राकृतिक भिटामिन जस्तो भिटामिन ई तथा एन्टिअक्सिडेन्ट तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा यो हानिकारक भएर मुटु रोग हुने खतरा बढ्छ ।
तरल पदार्थ माइक्रोवेभमा तताउनु हुँदैन ।
धेरै तताउनाले तरल पदार्थ उम्लिएर बाहिर आई नोक्सान गर्न सक्छ ।
ड्राइ प्रmुट्समा कोलेस्ट्रोल बढी हुन्छ ।
एक शोधअनुसार ड्राइ फुट बराबर फाइदाजनक अरू खाद्यपदार्थ छैनन् । यो न केवल कोलेस्ट्रोलरहित हुन्छ बल्की यसमा कोलेस्ट्रोल पनि कम हुन्छ । २०(३० ग्राम ड्राइ प्रmुट्स नियमित खानाले तौल नियन्त्रण हुनुका साथै कतिपय रोगबाट छुटकारा पनि मिल्छ ।
खाना खाएको एक घन्टाभित्र पौडी खेल्नु गलत हो ।
यो भनाइको कुनै वैज्ञानिक आधार छैन । कतिपय पौडीबाज पौडी खेल्ने क्रममा पनि खाइरहेका हुन्छन् ।
जसको केश तैलीय छ उसले बढी घिउ(तेलयुक्त खाना खानु हुँदैन ।
धेरै चिल्लो खाना स्वास्थ्यका लागि हानिकारक हुनसक्छ तर त्यसले केशमा कुनै असर पुर्याउँदैन ।
ताजा सुन्तलाको रस चिस्याएको रसभन्दा फाइदाजनक हुन्छ ।
यो केवल भ्रम हो । अनुसन्धानकर्ताहरूका अनुसार चिस्याइएको सुन्तलाको रस ताजा जुसको तुलनामा बढी भिटामिन सीयुक्त हुन्छ । यति मात्र होइन, चिसो भएका कारण यसमा भिटामिन रहने समय पनि बढ्छ । किनभने भिटामिन सी सजिलै नष्ट हुन्छ जब कि प्रशोधन गरेपछि यो लामो समयसम्म टिक्छ ।
कलेजो पौष्टिक खाद्यपदार्थ हो ।
कलेजोमा थुप्रै प्रकारका खनिज र भिटामिन हुन्छन् तर यसमा चिल्लो पदार्थ र कोलेस्ट्रोल पनि धेरै हुन्छ ।
ह्याङओभर हटाउन दही ख्वाउनुपर्छ ।
नशा उतार्न कागती पानी ख्वाउनुपर्छ । दही ख्वाउँदा नशा कम हुने आधार छैन ।
काठको चपिङ बोर्ड स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
राम्रोसँग सफाइ गर्ने हो भने काठको चपिङ बोर्ड विकल्परहित छ ।
प्रशोधित खाद्यपदार्थभन्दा काँचो खाना खानु राम्रो हुन्छ ।
कुनै चीज काँचै खानु नोक्सानदायक हुन्छ । अहिलेको आधुनिक जीवन शैलीमा प्रशोधित खाद्य पदार्थबाट बच्न मुस्किल छ तथापि स्वस्थ रहन त्यसबाट टाढै रहनु राम्रो हुन्छ ।
जुन खाद्यपदार्थ हेर्दा र सुँघ्दा प्राकृतिक लाग्छ त्यो सुरक्षित हुन्छ ।
सधैं त्यस्तो हुँदैन । कतिपय अवस्थामा खाद्य पदार्थमा बाहिरबाट त्यसलाई बिगार्ने व्याक्टेरिया प्रवेश गरेका हुन्छन् ।
दैनिक एउटा स्याउ खाने हो भने रोगबाट टाढा रहन सकिन्छ ।
यसमा कुनै शंका छैन कि स्याउ गुणकारी फल हो तर यसमा धेरै भिटामिन हुँदैन ।
तौल नियन्त्रणका लागि खानपानमा केवल फलफूलमाथि निर्भर हुनु उचित हुन्छ ।
यसो गर्नु ठीक हुँदैन । शरीर स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक हुन्छ । त्यसैले फलफूलका अतिरिक्त अन्य पदार्थ पनि मिलाएर खानुपर्छ ।
मोनोडाइट अथवा एकै प्रकारको खानेकुरामा जोड दिनुपर्छ ।
सीमित खाना स्वास्थ्यका लागि लाभदायक हुन्छ । जस्तो कि फल खाएका बेला फलमात्र, सलाद र सागसब्जी लिएका बेला त्यो मात्र तथा दाल, रोटी र भात खाएको बेला त्यो मात्र एकदिनमा पनि समय मिलाएर खानु उपयुक्त हुन्छ ।
कुनै फलफूल वा तरकारीको ठाउँमा त्यसको सप्लिमेन्ट लिन सकिन्छ ।
यो गलत धारणा हो । फलफूल एवं सागसब्जीमा आ(आपmनै फाइटोकेमिकल्स हुन्छ । फाइटोकेमिकल्सको सुरक्षित माध्यम प्राकृतिक खाद्यपदार्थ हो, सप्लिमेन्ट होइन ।
कुनै वंशानुगत कारणले इटिङ डिसअर्डर हुन्छ ।
कुनै नजिकका नातेदारको इटिङ डिसअर्डरका कारण आफैं पनि त्यसको सिकार हुन सकिन्छ । यसमा खानपानको मात्र नभै स्वभाव एवं व्यवहारगत समस्या पनि कारक हुनसक्छ ।
कफी खानाले रक्तचाप बढ्छ ।
यो विवादास्पद विषय हो र यस विषयमा अनुसन्धान भैरहेको छ । शोधकर्ताहरूका अनुसार दिनमा चार कपभन्दा बढी कफी पिउनाले थोरै रक्तचाप वृद्धि हुन्छ ।
लेट्युसको पात खाएर स्लिम हुन सकिन्छ ।
यसमा प्रशस्त क्यालोरी हुन्छ तर यसमा चिल्लो पनि बढी हुने हुँदा धेरै खानु हुँदैन ।