Thu. Nov 28th, 2024

प्रदेशमन्त्रीद्धारा स्वास्थ्य कार्यलय र जिल्ला अस्पताल धादिङको निरिक्षण


१७ साउन, धादिङ –


३ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जिल्ला अस्पताल र स्वास्थ्य कार्यलय धादिङको निरिक्षण गरेका छन् । शुक्रबार धादिङबेसी आईपुगेका मन्त्री दुलालले दैनिक सेवा प्रवाहको अवस्था र कर्मचारीहरुको उपस्थितिको विषयमा छड्के अनुगमन गरेकोे बताए ।

अनुगमनका क्रममा जिल्ला अस्पताल धादिङमा ५ जना र जिल्ला स्वास्थ्य कार्यलयमा २ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ । अस्पतालको कोठा कोठामा पुगेर अनुगमन गरेपश्चात मन्त्री दुलालले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

जिल्ला अस्पताल र स्वास्थ्य कार्यलय प्रदेश सरकार मातहत संचालन हुन थालेपछि मन्त्रीले पहिलोपटक अस्पताल र स्वास्थ्य कार्यलयको छड्के अनुगमन गरेका हुन् ।

अनुगमनपछिको अन्तरक्रियाको क्रममा प्रदेश सरकारले पठाएको बजेट कसरी खर्च गर्ने योजना रहेको छ भन्ने विषयमा अस्पताल विकास तथा संचालन समितिसंग कार्ययोजना समेत मागेका थिए ।

उक्त अवसरमा जिल्ला अस्पताल धादिङको पछिल्लो कार्यसम्पादनको अवस्था, दरवन्दी अनुसारका कर्मचारीहरुको अवस्था, सेवा प्रवाहको अवस्था लगायतका बारेमा अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरीटेण्डेण्ट दीपा बोहोरा लगायतले मन्त्रीलाइ जानकारी गराएका थिए । त्यस्तै स्वास्थ्य कार्यलय बनेपछिको अवस्थाको विषयमा स्वास्थ्य कार्यलय धादिङका निमित्त प्रमुख विष्णु रिजालसंग जानकारी गराएका थिए ।

१५ शैयाको दरवन्दी संरचना रहेको जिल्ला अस्पतालमा हाल ४५ शैयाको सेवा दिइरहेको र करारका स्वास्थ्यकर्मीहरुको सेवा नविकरणमा समस्या हुँदा दैनिक सेवा प्रवाहमा समस्या आइरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा ३ वर्षअघि देखि मेडिकल सुपरीटेण्डेन्ट नभएको र निमित्तको भरमा चलाउनुपर्दा प्रशासनको काम गर्न र विरामी चेकजाँचमा समस्या भइरहेको छ ।

२०७६ साउन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: