Mon. Mar 10th, 2025

फिफा अवार्ड २०१९ को उत्कृष्ट १० मा रोनाल्डो र मेस्सी


१६ साउन, धादिङ –


फिफा अवार्डको मनोनयन सार्वजनिक हुँदा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवै जना परेका छन् ।

फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । तर पुरुषतर्फको मनोनयनमा दावेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेयमार भने अटाएका छैनन् ।

पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी मनोनयनमा परेका छन् । डच डिफेन्डर भर्जिल म्यान डाइक, सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह पर्न सफल भएका छन् ।

यस्तै टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् । नेदरल्याण्ड्सका अरु दुई खेलाडी पनि मनोनयनमा परेका छन् । माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा पर्ने अन्य दुई डच खेलाडी हुन् । यस्तै फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड अन्तिम १० को सूचीमा परेका छन् ।

महिला तर्फ १२ जना खेलाडीको मनोनयन सार्वजनिक हुँदा चार खेलाडी अमेरिकाका परेका छन् ।

महिलातर्फ मनोनयनमा पर्ने खेलाडीहरुमा एलेक्स मोर्गान (अमेरिका), रोज लाभिल्ले (अमेरिका), मेगान रापिनोई (अमेरिका), जुली इटर्ज (अमेरिका), लुसी ब्राउन (इंग्ल्याण्ड), एलेन ह्वाइट (इंग्ल्याण्ड), अमानदिन हेनरी (फ्रान्स), विन्डी रेनार्ड (फ्रान्स), क्यारोलिन ग्राहम हान्सेन (नर्वे), अदा हेजरबर्ग (नर्वे), साम केर (अष्ट्रेलिया) र भिभियाने मेडेमा (नेदरल्याण्ड्स) रहेका छन् ।

फिफाले महिला र पुरुष टिमका प्रशिक्षकको अन्तिम मनोनयन पनि सार्वजनिक गरेको छ ।

जसमा लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप, म्यान्चेष्टर सिटीका पेप ग्वार्दिओला, टोटनह्यामका माउरिसियो पोचेटिनो, अल्जेरियाका प्रशिक्षक जामेल बेल्मादी, फ्रान्सका डिडियर डेसच्याम्प, रिभर प्लेटका मार्सेलो गाल्लार्दो, पेरुका रिकार्डो गारेसा, पोर्चुगलका फर्नाण्डो सान्टोस, याक्सका इरिक टेन हाग र ब्राजिलका टिटे छन् ।

२०७६ साउन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: