१४ असार, धादिङ –
धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका छन् ।
स्थानीय बाबुलाल मिजारको नातिनीको असार १२ गते गरिएको पास्नीको भोज खादाँ सोही दिनको बेलुकाबाट बिरामी पर्न थालेका थिए । निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केही गजुरीमा ल्याइएको छ ।
रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनालाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको गजुरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रारामचन्द्र मिजारले जानकारी दिए ।
२०७६ असार १४ गते प्रकाशित