Mon. Mar 10th, 2025

कोपा अमेरिका फुटबल : अर्जेन्टिनाले भेनेजुएलालाई हरायो, सेमिफाइनलमा ब्राजिलसँग भेट पक्का


१४ असार, धादिङ –


अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लो सेल्सोले एक(एक गोल गरेका थिए ।

१० औं मिनेटमा सर्जियो अग्युरोको पासलाई सदुपयोग गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिनाभन्दा राम्रो फुटबल खेलेको भेनेजुएला सुरुमै गोल खाएपछि दबाबमा आयो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो गोलमा पनि अग्युरोको भूमिका रहेको थियो । ७४ औं मिनेटमा सेल्सोले गोल थपेपछि अर्जेन्टिना २–०ले अघि बढेको थियो ।

त्यसपछि थप गोल नभएपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गर्न ब्राजिलसँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी पूरै ९० मिनेट नै मैदानमा रहे पनि गोल गर्न सकेनन् ।


२०७६ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: