१० असार, धादिङ –
धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७६ का नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजना गरिएको पाँचौ गाउँसभा मार्फत गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले पालिकाको विकासका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, पूर्वाधार विकासलाई मुख्य आधार मानेर नीति तथा कार्यक्रम बनाएको छ । सामुदायिक विद्यालयको संस्थागत सुधार, गुणस्तरीय शिक्षा, बालमैत्री गाउँपालिका, निशुल्क औषधीको उपलब्धता, युवा स्वरोजगारका लागि कार्यक्रम ,सडक निर्माणको कामलाई तीब्रता दिइने बताइएको छ ।
“नेपााल भ्रमण वर्ष २०२०” लाई सार्थक बनाउन यसै वर्षबाट त्रिशुली नदीको बेल्खु देखि मलेखु सम्म ¥याफ्टिङ सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि पर्यटकिय क्षेत्रको खोजी गर्ने लगायतका कार्यक्रम तय गरेको छ । उपाध्यक्ष सीता ढुङगानाले ६२ करोड ८२ लाख, ५१ हजार बजेट प्रस्तुत गरिन् ।
२०७६ असार १० गते प्रकाशित