Mon. Mar 10th, 2025

आरुघाटमा प्रभु बैकको शाखा बिस्तार


१० असार, धादिङ –


धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं स्थित विशालनगर आरुघाटमा प्रभु बैकको शाखा विस्तार गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भूकुमार थापाले आरुघाट शाखाको उद्घाटन गरे । आरुघाट शाखाको उद्घाट गर्दै अध्यक्ष थापाले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैकिंङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सहज हुने बताए ।

आरुघाट शाखा समेत गरी बैंकले हालसम्म देशभर १ सय ८६ वटा शाखा, १ सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

२०७६ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: