Fri. Jan 31st, 2025

बुधबार बिहान मात्रै तीन वटा भूकम्पको धक्का

Earth-Quake

धादिङ – बुधबार बिहान मात्रै तीन वटा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान दुई बजेर सात मिनेट जाँदा काठमाडौं केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । यस्तै बिहान तीन बजेर १० मिनेट जाँदा धादिङ केन्द्र बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यस्तै बिहान ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । हिजो दिउँसो १२ बजेर ५० मिनेट जाँदा ७ दशमलव १ रेक्टरको भूकम्प गएपछि साना भूकम्पका धक्काहरु गैरहेका छन् । हिजो दिउँसो १२ बजेर ५० मिनेटेपछि आज बिहानसम्म भूकम्पको ३५ वटा धक्का महसुस भएको छ । वैशाख १२ गतेको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । मानिसहरु घरबाट बाहिर निस्किएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् । भूकम्प आउँदा नआत्तिन र सुरक्षित हुन पनि विज्ञहरुले आग्रह गरेका छन् ।

हिजोको भूकम्पबाट मानिसहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै धादिङबेसीका बजारबासी फेरी त्रसित भएका छन् । अहिलेको भूकम्पले दक्षिणी धादिङमा बढि क्षति पु¥याएको स्थानीयहरुले टेलिफोन मार्फत जानकारी दिएका छन् ।

About The Author

अन्य समाचारहरु: