धादिङ – मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ५७ जनाको भएको भएको छ ।
११ सय भन्दा बढी घाइते भएका छन् । आठ हजार बढीको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको १८ दिनपछि ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा ३४ जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोट र सिन्धुपाल्चोकमा बढि क्षती भएको छ । मंगलबार सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो । रामेछाप र सिन्धुलीमा २ र २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।
मंगलबारको भुईचालोमा परि पाल्पामा धेरै घरहरु चर्केका छन् भने यस अघिको भुईचालोमा चर्केका दक्षिणी धादिङ र नुवाकोटमा धेरै घरहरु ढलेका छन् । मकवानपुर जिल्लाको हेटौंडा बजारमा १० भन्दा धेरै घर ढलेका छन् भने भुईचालोमा परेर घाईते भएका २५ जनालाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ ।