Fri. Jan 31st, 2025

त्रिशुली नदिमा नाराको ३१ औँ वार्षिक जलयात्रा उत्सव


२५ जेठ, धादिङ–


नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीमा शनिबार पनि सामुहिक रुपमा जलयात्रा गरिएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले ३१ औँ वार्षिक जलयात्रा उत्सवको आयोजना गरेको हो ।

धादिङको आदामघाटबाट सुरु गरिएको जलयात्रा मलेखुसम्म आएर टुङिगएको थियो । करीब ४ सयको हाराहारीमा साढे तीन घण्टा त्रिशुली नदिमा जलयात्राको मज्जा लिएका हुन् । नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन वोर्डको सहयोगमा जलयात्राको आयोजना गरिएको नाराका महासचिव शीव अधिकारीले बताए । ‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आदामघाटदेखि मलेखुसम्मको १८ किलोमिटरमा जलयात्रा गरेका हौँ’, उनले भने, ‘नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्न जलयात्राले महत्वपूर्ण सन्देश दिनेछ ।’

नाराको ३१ औँ वार्षिक जलयात्रा उत्सव कार्यक्रम देशभरका तीन त्रिशुली नदि, भोटेकाशी र अपरसेतीमा आयोजना गरिएको छ । त्रिशुलीमा ४ सय, भोटेकोशीमा १५०० र अपरसेतीमा सय जनाले जलयात्रा गरेको महासचिव अधिकारीले जानकारी दिए । जलयात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरु गरी दुई हजार सहभागी थिए ।

नाराले प्रत्येक वर्ष त्रिशुली नदिमा सामुहिक जलयात्रा उत्सवको आयोजना गर्दै आइरहेको छ । अघिल्लो वर्ष पनि त्रिशूली नदीको बाँदरे देखि फिस्लिङ सम्म ३० औँ जलयात्रा आयोजना गरिएको थियो ।

जलयात्राको लागि साहसिक गन्त्व्यको परिचय बनाएको त्रिशुली नदी विश्वका उत्कृष्ट नदीहरु मध्येको एक मानिन्छ । विदेशमा मात्र नभएर स्वदेशमा पनि यसको चर्चा उत्तिकै छ, त्यसैले धेरै संख्यामा नेपालीहरु पनि जलयात्राको मज्जा लिन त्रिशुली नदीमा पुग्छन् । त्रिशुली नदीमा अहिले व्यवसायिक रुपमा जलयात्रा संचालन भइरहेको छ ।

२०७६ जेठ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: