Mon. Mar 10th, 2025

रानी पौवा माविले जित्यो त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि


१४ जेठ, धादिङ –


प्रथम त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रानी पौवा माविले जितेको छ ।

सल्यानटारमा जेठ १२ गतेदेखि १४ गतेसम्म आयोजना गरिएको प्रतियोगीतामा सल्यानटार मावि. द्धितीय, कार्कीगाउँ मावि तृतीय भएका छन् ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नारा सहित त्रिपुरासुन्दरी गाँपालिकाको समन्वय तथा रानीपौवा माविको आयोजनामा प्रतियोगीता संचालन गरिएको थियो । प्रतियोगीतामा गाउँपालिका भरिका ११ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई गाउँपालिकाका अध्यक्ष शम्भू थापाले ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


फोटो : शुशिल श्रेष्ठको फेसबुकबाट

२०७६ जेठ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: