Mon. Mar 10th, 2025

नीलकण्ठ माविले जित्यो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि


१२ जेठ, धादिङ –


नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ माविले जितेको छ ।

धादिङबेसीमा तीनदिनसम्म आयोजना गरिएको प्रतियोगीतामा नीलकण्ठ १४ स्वर्ण पदक सहित प्रथम भएको हो । प्रतयिोगीतामा नगरभित्रका १७ वटा विद्यालय सहभागी थिए ।

प्रतियोगितामा ८ स्वर्ण पदकसहित एड्भान्स एकेडेमी द्धितीय र ४ पदक सहित बालमन्दिर मावि तृतीय भएका छन् । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नारा सहित नीलकण्ठ नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको सहयोग तथा न्यू किवो बोर्डिङ स्कुलको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


२०७६ जेठ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: