Mon. Mar 10th, 2025

सन् २०२२ को फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने


९ जेठ, काठमाडौँ –

फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् । २०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो ।

तर पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको हो । फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए ।

कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरि तयारी गर्ने बताए पनि अहिले त्यो सम्भव नहुने देखिएको छ । गएको नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए । यो प्रस्तावलाई उनले अस्वभाविक भनेका थिए ।

२०७६ जेठ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: